आफ्नै मुटुमा
लात्ती उठाएर ड्याम्म हानेपछि
म झल्यास्स ब्युँझिएँ ।
अहो !
भोलीसंग डराएर
जति बेगले भाग्यो
उति चाडैं पुगिने रै छ भोलिमा ।
छ्या ! यो भाग्दा निस्केको पसिना त कस्तो गन्हाउने ;
ब्युँझिए पछि मलाई
आफ्नै जिउ डुङ्डुङ्ती गन्हायो ।
No comments:
Post a Comment