ए होस् गुमाउन रक्सी पिउने हरु हो!
आओ..
मलाई कहिल्ये नफिर्ने गरी
होस् गुमाउने नशा थाहा छ।
एक दिन साँझ...
..बिच बाटोमा शायद यसरी नै कराउंदै थिए म।
एउटा जड्याहा हल्लिदै आयो..
"तँलाई साच्चै थाहा छ् होसै नफिर्ने नशा?"
मैले गर्व साथ सोधें-" तँलाई प्रेम भनेको थाहा छ?"
'साला सबैले होस् गुमाउनै पिउंछन भन्ने नसोंच`,
त्यही प्यारमा गुमेको होस्
अलिकती रक्सिमा छ कि भनेर खोज्नेहरु पनि छन यहाँ बुझिस?'
ऊ मलाई थर्काएर आफ्नो बाटो लाग्यो,
म उसलाई साधुवाद दिएर
ऊ आएको बाटो खोज्न थालें।
No comments:
Post a Comment