मन्दिरको ढोकैबाट
मेरो पहेँलो चप्पल हराएको देखेर
भत्केको आस्था घिसार्दै,
सपनाको डिल डिलै कुद्दा
बाटो खनिरहेका गल गैँचीँहरु
मलाई लखेट्न थाले।
भाग्दा भाग्दै आकाशबाट
इन्द्रेनिको रातो रंग मात्र चोइटिएर
तरवार बनेर मेरो टाउकै भएर खस्यो।
पेटमा टाउको लुकाएर,
कुलेलाम ठोक्दा ,
मुर्कुट्टा म
मङ्शिर नाघेर
असारमा खस्नु अघीचप्पल मात्र बोल्न भ्याएँ।
No comments:
Post a Comment