Tuesday, November 15, 2011

सपना:उकालो ओरालो

जुन दिन मेरा आँखाहरु
 जि.बि.श चोकमा हराएर
पिच बाटो हुँदै उकालो लागे,
त्यही दिन देखी तिम्रो मुर्ती बनाएर,
मेरा सपना र प्रेम
 त्यहाँ खन्याएको भए,
शायद,,
भगवानले श्वास पनि भरिदिन्थे होला।
तर,
तिमीलाई यो संसारमा
म छु भन्ने  पनि थाहा छैन शायद,
अनी शायद म,
यो संसारमा
तिमी बाहेक
अरु पनि छन  भन्ने पनि भुल्दै छु,
मलाई एउटा पूर्णबिराम चाहिएको छ आज,
बयलगाडा चढेर जुन छुन सकिंदैन।
आज भोली मेरो सपना,
पश्चिमकाली हुँदै
कच्ची बाटो
ओरालो झर्छ .

No comments:

Post a Comment