Friday, September 17, 2010

केही कथा,केही गजल

केही कथा,केही गजल

गजल

दिल जल्दा जल्दै सिकेको हुँ गजल,
दिलकै भुङ्ग्रोबाट झिकेको हुँ गजल।

कती रोएँ कती आँशु बग्यो के थाहा,
त्यसकै हिसाब किताब टिपेको हुँ गजल।

आफ्नै सम्झी बसें पराई दिल रै'छ,
त्यही दिलको बहाल तिरेको हुँ गजल।

डर लाग्छ आँशु सकिये रगत बग्ला,
रगतको भेल छेक्न लिपेको हुँ गजल।

माफ गर जीवनको मुल्य बिर्सिएँकी,
त्यही पापी मायामा बिकेको हुँ गजल।

गजल


जाने निर्णय गरी बिदा मागेझैं गर्छौ,
भन्ला नजाउ भन्ने डरले भागेझैं गर्छौ।

मनको उमङ्गलाई अश्रु च्यादर ओडाइ,
खुशीको आँशु पुछ्दै दु:ख लागेझैं गर्छौ।

गएँको बिकल्पमा जाऔं भन्न 'नी सक्थौ,
सँगै आउला कि भनी पर्दा टाँगेझैं गर्छौ।

मेरो दरिद्रतामा गर्दथ्यौ खिस्सी तिमी,
पैसामा टेकी पक्कै संसार नागेझैं गर्छौ।

धन,रुप,जवानी कहाँ सम्म साथ देला,
जब गुम्दछ तिनै तब जागेझैं गर्छौ।

गजल

मेरो बिन्ती छ है कान थुन तिमीले,
म मरेको खबर नसुन तिमीले।

मेरो म्रित आत्माको शन्तिको लागि,
पर्दछ हे प्रिया नरुन तिमीले।

जीवन धन्य भयो एक इच्छा बाँकी,
मात्र पर्छ सिन्दुर नधुन तिमीले।

माफ गर बिचमै एक्लै छोडें मैले,
अर्को भाग्यमानी कोही चुन तिमीले।

अब हाँशी जन्थें यो चोला फेर्दथें,
दिए एक स्पर्श सगुन तिमीले।

Saturday, September 11, 2010

गजल

फेरी आई अनी मलाई जिस्क्याएर गई,
अलिकती थ्यो कि माया सिद्ध्याएर गई।

सधैं झर्थ्यो झर्‍यो फेरी आँशु आपत हैन,
यसपाली त दुबै आँखा रित्त्याएर गई।

एकान्तमा रुन्थें पिरमा अब कसो गरुँ
दुनियाँले सुन्ने गरी चिच्च्याएर गई।

चाहेको त थिए उनलाई काडा नबिझोस्,
मेरै माया पाइलामुनी बिच्छ्याएर गई।

यस्तै त हो जित्त्ने हास्छ हार्ने रुनु पर्छ,
यसपाली त जित्त्नेलाई 'नी जिल्ल्याएर गई।

Saturday, August 21, 2010

गजल

अरु गर्छन् धरमर पिरमा म नाचेर रुन्छु।
अरु झार्छन बरबर आसुँ म हांसेर रुन्छु।

स्वेछाले फाल्न मिल्ने यो होशको के कुरा,
सबै भाग्छन् घरघर राती म मातेर रुन्छु।

श्वास फेर्दैमा जिएं भन्ने भ्रममा के पर्थें र म,
सबै कांप्छन थरथर मर्न म बांचेर रुन्छु।

मानव भिडमा शिकार खेली माथि पुग्ने दुस्वप्नले,
रगत बग्छन धरधर ब्यर्थ म कांपेर रुन्छु।

मानवताको मलामी गै हाशेरै फर्के सबै,
सबै फाल्छन परपर धर्म म सांचेर रुन्छु।

गजल

बेहुली बनी अर्कै आई, उसलाई तिम्रो मान दिएं,
मेरो साथलाई बन्धन सोंच्ने,निस्ठुरीलाई जान दिएं।

मैले घरको लागि पनि बरमाला त लाउनै पर्थ्यो,
माफ देउ तिम्रो शब्द चोरी उसलाई प्रेम् गान दिएं।

अभाबको डर थियो तिमीलाई मसँग को जिन्दगीमा,
स्वाभिमानको पिठो खान्छौं उसलाई यही शान दिएं।

कलमको भरमा संधै चुल्हो कहाँ बल्छ घरमा,
प्रकृतिको रसमा उसलाई माया घोली खान दिएं।

अर्को मुटु सिर्जन्छु म हामी दुईको सम्झौतामा,
एउटा मुटु तिमीलाई मैले सित्तैमा लान दिएं।