बेहुली बनी अर्कै आई, उसलाई तिम्रो मान दिएं,
मेरो साथलाई बन्धन सोंच्ने,निस्ठुरीलाई जान दिएं।
मैले घरको लागि पनि बरमाला त लाउनै पर्थ्यो,
माफ देउ तिम्रो शब्द चोरी उसलाई प्रेम् गान दिएं।
अभाबको डर थियो तिमीलाई मसँग को जिन्दगीमा,
स्वाभिमानको पिठो खान्छौं उसलाई यही शान दिएं।
कलमको भरमा संधै चुल्हो कहाँ बल्छ घरमा,
प्रकृतिको रसमा उसलाई माया घोली खान दिएं।
अर्को मुटु सिर्जन्छु म हामी दुईको सम्झौतामा,
एउटा मुटु तिमीलाई मैले सित्तैमा लान दिएं।