जाने निर्णय गरी बिदा मागेझैं गर्छौ,
भन्ला नजाउ भन्ने डरले भागेझैं गर्छौ।
मनको उमङ्गलाई अश्रु च्यादर ओडाइ,
खुशीको आँशु पुछ्दै दु:ख लागेझैं गर्छौ।
गएँको बिकल्पमा जाऔं भन्न 'नी सक्थौ,
सँगै आउला कि भनी पर्दा टाँगेझैं गर्छौ।
मेरो दरिद्रतामा गर्दथ्यौ खिस्सी तिमी,
पैसामा टेकी पक्कै संसार नागेझैं गर्छौ।
धन,रुप,जवानी कहाँ सम्म साथ देला,
जब गुम्दछ तिनै तब जागेझैं गर्छौ।
No comments:
Post a Comment