अरु गर्छन् धरमर पिरमा म नाचेर रुन्छु।
अरु झार्छन बरबर आसुँ म हांसेर रुन्छु।
स्वेछाले फाल्न मिल्ने यो होशको के कुरा,
सबै भाग्छन् घरघर राती म मातेर रुन्छु।
श्वास फेर्दैमा जिएं भन्ने भ्रममा के पर्थें र म,
सबै कांप्छन थरथर मर्न म बांचेर रुन्छु।
मानव भिडमा शिकार खेली माथि पुग्ने दुस्वप्नले,
रगत बग्छन धरधर ब्यर्थ म कांपेर रुन्छु।
मानवताको मलामी गै हाशेरै फर्के सबै,
सबै फाल्छन परपर धर्म म सांचेर रुन्छु।
Saturday, August 21, 2010
गजल
बेहुली बनी अर्कै आई, उसलाई तिम्रो मान दिएं,
मेरो साथलाई बन्धन सोंच्ने,निस्ठुरीलाई जान दिएं।
मैले घरको लागि पनि बरमाला त लाउनै पर्थ्यो,
माफ देउ तिम्रो शब्द चोरी उसलाई प्रेम् गान दिएं।
अभाबको डर थियो तिमीलाई मसँग को जिन्दगीमा,
स्वाभिमानको पिठो खान्छौं उसलाई यही शान दिएं।
कलमको भरमा संधै चुल्हो कहाँ बल्छ घरमा,
प्रकृतिको रसमा उसलाई माया घोली खान दिएं।
अर्को मुटु सिर्जन्छु म हामी दुईको सम्झौतामा,
एउटा मुटु तिमीलाई मैले सित्तैमा लान दिएं।

Subscribe to:
Comments (Atom)