Sunday, June 22, 2014

गजल




झ्याल ढोका चुकुल ठोकेर मारिस
बिनासित्ती रक्सी धोकेर मारिस


तैले रक्सी पीइस हामी दुबै मात्यौ
मेरा दुबै गाला टोकेर मारिस

मेरो श्वास बढ्दा तैले रोक्नुपर्थ्यो
आफ्नो मुखले मेरो श्वास रोकेर मारिस

जवानी र रक्सी नशा एक भयो
कुमारीमै गर्भ बोकेर मारिस

अलिकती इज्जत मेरो त थियो
कस्को भन्दा मैलाई तोकेर मारिस

No comments:

Post a Comment