आजकल हरेक बिहान
अघिल्लो दिनको
फोटोकपी बोकेर उठ्छु
आजकल हरेक बिहान
थोत्रिँदैछ फोटोकपी मेसिन
रित्तिँदैछ मसी
कुर्दैछु म
जुन दिन
जिन्दगीको फोटोकपी मेसिनले
रित्तो कागज निकाल्नेछ
त्यसैमा लेख्नेछु
मैले रातभरी देखेको सपना
Wednesday, December 25, 2013
Monday, November 25, 2013
अपमान
दिन भरी
अरुको झोला बोकेर
आफ्नै मनको तारे भिरमा
ताछेर अरुको कोदालोले
आफ्नो बैंश
बनाउदै बाटो
उक्लँदा उक्लँदा
साँझ परेपछी
म नहाँस्दा पनि
कसरी हाँस्यो म अगाडि को ऐना?
अरुको झोला बोकेर
आफ्नै मनको तारे भिरमा
ताछेर अरुको कोदालोले
आफ्नो बैंश
बनाउदै बाटो
उक्लँदा उक्लँदा
साँझ परेपछी
म नहाँस्दा पनि
कसरी हाँस्यो म अगाडि को ऐना?
Thursday, September 26, 2013
म तेर्सै गैरहें
जसले
बर्षातमा पानी जमेका खाल्डाखुल्डिमा
फुत्रुक्क फुत्रुक्क उफ्रिरहेको मलाई
घरभित्र लगेर कबिताको न्यानो ओडायो,
जसले
मैले कविता भनेर बोलेको तोते बोलीमा
पहिलो ताली बजायो
जसले
मेरो पुरै यौवनको असफल प्रेमलाई
कपिको पानाहरुमा जम्मा गरेर राख्न सिकायो
उ नै आज
कवीहरुको माईक्रोबसमा तलाई सिट छैन भन्छ
जसले
कवितालाई पारीभासाले निरङ्कुस नपार्न सिकायो
ऊ नै आज
तैले लेखेको बकम्फुसे कुरा कविता हैन भन्छ
आज
न बालपन
न यौवन
न पर्खालबिनाको मन
म सँग केही बाँकी नहुँदा
उनिहरु उकालो चढिरहे
म तेर्सै गैरहें।
बर्षातमा पानी जमेका खाल्डाखुल्डिमा
फुत्रुक्क फुत्रुक्क उफ्रिरहेको मलाई
घरभित्र लगेर कबिताको न्यानो ओडायो,
जसले
मैले कविता भनेर बोलेको तोते बोलीमा
पहिलो ताली बजायो
जसले
मेरो पुरै यौवनको असफल प्रेमलाई
कपिको पानाहरुमा जम्मा गरेर राख्न सिकायो
उ नै आज
कवीहरुको माईक्रोबसमा तलाई सिट छैन भन्छ
जसले
कवितालाई पारीभासाले निरङ्कुस नपार्न सिकायो
ऊ नै आज
तैले लेखेको बकम्फुसे कुरा कविता हैन भन्छ
आज
न बालपन
न यौवन
न पर्खालबिनाको मन
म सँग केही बाँकी नहुँदा
उनिहरु उकालो चढिरहे
म तेर्सै गैरहें।
Sunday, August 4, 2013
गजल
माया लीलामीमा छ रे तिम्रो शहरमा,
बैँस सिरानीमा छ रे तिम्रो शहरमा,
रातभरी झिलिमिली मान्छे बेच्ने शहर,
चन्द्र सुर्य धिमा छ रे तिम्रो शहरमा,
पाप धर्मको लेखाजोखा कसले किन गर्छ?
देउता बगलीमा छ रे तिम्रो शहरमा,
के हो?
.................
मान्छे कलाकार हुन्छन्,
साहित्यकार हुन्छन्।
त्यस्तै हो,
तिम्रो पेशा प्रतीको मेरो सम्मान
तिमी प्रतीको प्रेम जत्तिकै सफा छ।
तर सुन्दरी
एक पटक गर्बसाथ भन न
यो बेश्यापन तिम्रो पेशा हो
चरित्र हैन।
बिपना
आज काल मेरो छेउ नै भएर ओरालो लाग्यो,
मलाई लगेन एक्लै गयो,
म पनि किन पछ्याऊथेँ,
म उकालो लागेँ।
तर मलाई अब आँट आउँदैन,
ओरालो झर्ने,
काल देखेपछी मान्छे काँतर बन्दो रैछ।
मलाई लगेन एक्लै गयो,
म पनि किन पछ्याऊथेँ,
म उकालो लागेँ।
तर मलाई अब आँट आउँदैन,
ओरालो झर्ने,
काल देखेपछी मान्छे काँतर बन्दो रैछ।
Thursday, August 1, 2013
म सर्प हैन
रात रात भरी,
आंशुले पखालेर जुनलाई,
म सर्प हैन भनेर चिच्याइरहंदा,
मेरै क्याल्कुलेटरमा
कामुकताको हिसाब गर्नेहरुले
मलाई प्रेम गर्छु भनेर झुक्याए।
म ग्रेट वाल नांघ्दिन भन्दा
कांतर भने,
नायगरा बाट फाल हल्दिन भन्दा,
नपुंसक भने,
प्रेम गर्छु भन्नेले बुझ्दैन
मलाई प्रेम गर्नेले बुझ्नेछ
म अमृतको खेती गर्न सक्छु।
आंशुले पखालेर जुनलाई,
म सर्प हैन भनेर चिच्याइरहंदा,
मेरै क्याल्कुलेटरमा
कामुकताको हिसाब गर्नेहरुले
मलाई प्रेम गर्छु भनेर झुक्याए।
म ग्रेट वाल नांघ्दिन भन्दा
कांतर भने,
नायगरा बाट फाल हल्दिन भन्दा,
नपुंसक भने,
प्रेम गर्छु भन्नेले बुझ्दैन
मलाई प्रेम गर्नेले बुझ्नेछ
म अमृतको खेती गर्न सक्छु।
Sunday, July 28, 2013
पानी मान्छे,
अलिकती न्यानो पाउने बित्तिकै
आफुले टेकिरहेको धर्ती छाडेर
आकाश छुन खोज्ने
अनी उड्दा उड्दै
थाकेर,
सेलायर,
न्यानो पाउन छाडेर,
वा
आकाश छैन भन्ने बुझेर,
फेरी भुँइमै खस्ने।
पानी
मान्छे
पानी मान्छे,
मान्छे पानी।
आफुले टेकिरहेको धर्ती छाडेर
आकाश छुन खोज्ने
अनी उड्दा उड्दै
थाकेर,
सेलायर,
न्यानो पाउन छाडेर,
वा
आकाश छैन भन्ने बुझेर,
फेरी भुँइमै खस्ने।
पानी
मान्छे
पानी मान्छे,
मान्छे पानी।
Saturday, July 27, 2013
मलाई देश देउ
घाम उदाउँछ दिन आउँदैन,
दिन्छु भन्ने कोही दिन आउँदैन।
दिन दिन दीन बन्दैछु
लाग्छ दीनका दिन आउँदैन।
भाषा छैन
देशको परिभाषा छैन।
नुन छैन
कानुन छैन
माना छैन
सिमाना छैन
आफ्नो भन्ने नाना छैन
अनी खोज्छु देश कहाँ छ?
तिमी भन्छौ देश बन्दैछ
म त देख्छु बाटो बन्दै छ ।
चोट छ मात्र चोट छ।
अं! भोट छ
एक भोट छ
त्यो दिन्छु
म दिन्छु
मलाई देश देउ
एक देश देउ।
दिन्छु भन्ने कोही दिन आउँदैन।
दिन दिन दीन बन्दैछु
लाग्छ दीनका दिन आउँदैन।
भाषा छैन
देशको परिभाषा छैन।
नुन छैन
कानुन छैन
माना छैन
सिमाना छैन
आफ्नो भन्ने नाना छैन
अनी खोज्छु देश कहाँ छ?
तिमी भन्छौ देश बन्दैछ
म त देख्छु बाटो बन्दै छ ।
चोट छ मात्र चोट छ।
अं! भोट छ
एक भोट छ
त्यो दिन्छु
म दिन्छु
मलाई देश देउ
एक देश देउ।
Subscribe to:
Comments (Atom)