................. मान्छे कलाकार हुन्छन्, साहित्यकार हुन्छन्। त्यस्तै हो, तिम्रो पेशा प्रतीको मेरो सम्मान तिमी प्रतीको प्रेम जत्तिकै सफा छ। तर सुन्दरी एक पटक गर्बसाथ भन न यो बेश्यापन तिम्रो पेशा हो चरित्र हैन।
आज काल मेरो छेउ नै भएर ओरालो लाग्यो, मलाई लगेन एक्लै गयो, म पनि किन पछ्याऊथेँ, म उकालो लागेँ। तर मलाई अब आँट आउँदैन, ओरालो झर्ने, काल देखेपछी मान्छे काँतर बन्दो रैछ।
रात रात भरी, आंशुले पखालेर जुनलाई, म सर्प हैन भनेर चिच्याइरहंदा, मेरै क्याल्कुलेटरमा कामुकताको हिसाब गर्नेहरुले मलाई प्रेम गर्छु भनेर झुक्याए। म ग्रेट वाल नांघ्दिन भन्दा कांतर भने, नायगरा बाट फाल हल्दिन भन्दा, नपुंसक भने, प्रेम गर्छु भन्नेले बुझ्दैन मलाई प्रेम गर्नेले बुझ्नेछ म अमृतको खेती गर्न सक्छु।